d

अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह घोषित, बनिन् पहिलो महिला अध्यक्ष

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंह घोषित भएकी छन्।
उनी अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनेकी छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने निर्णय आइतबार नै सुनाएका भए पनि उनी अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा भने अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमार्फत सोमबार गरिएको हो।
सिंहलाई अध्यक्ष घोषणा गर्ने क्रममा दुई समूहबीच केहीबेर घम्साघम्सीसमेत परेको थियो।
विधानअनुसार १९९ सदस्यीय कमिटी घोषणा गर्नुपर्नेमा ३९९ सदस्यीय घोषणा गर्न लागेपछि दुई पक्षबीच विवाद भएको हो।
महासचिवमा दिपेश पुनलाई घोषणा गरेपछि अर्को पक्षले विरोध गरेको थियो।
सिंहलाई अध्यक्ष बनाउनुअघि प्रचण्डले अखिल क्रान्तिकारीका नेताहरुसँग छलफल गरेका थिए। सोही छलफलपछि सिंहलाई अध्यक्ष बनाउने सुनाइएको थियो।

Views: