d

प्रधानन्यायाधीशले  मन्त्रीको कोटा माग्नु आपत्तीजनक छ - नेपाल बार एसोसिएसन (विज्ञप्ती सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारमा मन्त्रीको कोटा मागेको बिषय सार्वजनिक भएकोप्रति नेपाल बार एसोसियसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल बार एसोसिएसनले राज्यका निकायहरू बीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारण प्रतिकूल हुने क्रियाकलापको सधैँ विरोध र भत्र्सना गर्ने जनाएको छ ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद विस्तारमा आफ्नो मान्छेलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको भनेर आएको समाचारका सन्दर्भमा सोमबार अपराह्न विज्ञप्ति जारी उक्त चेतावनी दिएको हो ।
प्रधानन्यायाधीशका बारेका आएको समाचार साँचो हो भने न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामा गम्भीर संकट उत्पन्न भएको नेपाल बारको ठहर छ ।
यस्तो अवस्थामा न्यायपालिकाको नेतृत्व र सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने नेपाल बारको चेतावनी छ ।
‘संवैधानिक शासन व्यवस्थाको परिकल्पना नेपालको संविधानले मात्र होइन कुनै पनि संवैधानिक, कानुनी एवं राजनीतिक मान्य, सिद्धान्तले पनि गरेका छैनन, गर्दैन । यस्तो स्थितिमा मुलुकका जिम्मेवार संवैधानिक अङ्गहरूका प्रमुखहरू नै यसतर्फ उन्मुख हुनै कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक र खेदजनक समेत हो’ विज्ञप्तिमा भनिएको छ ।

Views: