d

जसपाको भागमा परे  चार मन्त्रालय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार मन्त्रालय पाउने भएको छ । 

आज मङ्गलवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औपचारिक जानकारी गराएका हुन्। 

सत्तारुढ गठबन्धन दलको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई चार वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेतासमेत रहनुभएका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराउनुभएको पार्टीका नेता राजकिशोर यादवले बताए।  
त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ । नेता यादवले भने, ‘आज बिहान सत्तारुढ दलको बैठकले बालुवाटारमा मन्त्रालयको भागबन्डा गरेको छ । त्यसको बारेमा अध्यक्षले बैठकलाई जानकारी गराए।   । हाम्रो भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि विकास मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय हो । क–कसलाई मन्त्रालय दिने भन्नेबारेमा पार्टी अध्यक्षलाई जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरिएको छ ।’

जसपाका २१ जना सांसद छन् । सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबन्डाकाे विषय टुङ्गो लगाएको हो । अब दलहरूले मन्त्रीहरूको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।  उज्यालो।  

Views: