d

दुवै खोप लगाएकालाई नेपाल भारत आवत जावत सहज

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 घुमघामका लागि नेपाल आउने पर्यटकलाई लक्षित गरी स्थानीय प्रशासनले नेपालगन्ज नाकामा सहज प्रवेशको व्यवस्था गर्न थालेको छ । नेपाल आउने पर्यटकले ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने प्रावधान हटाएर स्थानीय प्रशासनले कोरोनाविरुद्ध दुवै डोज खोप लगाएकालाई प्रवेश दिन थालेको हो ।

७२ घन्टाको रिपोर्ट देखाउनुपर्ने प्रावधानले भारतीय यात्रुलाई सास्ती भएपछि खोप कार्डलाई मान्यता दिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । उनले खोप कार्डले भारतीयलाई नेपाल आउन सहज भएको बताउँदै नेपालगन्ज नाकामा भारतीय गाडीको लाइन पनि कम भएको बताए ।

भारतीय गाडीमार्फत नेपाल आउने भारतीय पर्यटकले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको प्रमाणित गर्ने कागजात देखाए सहजै नेपाल प्रवेश गर्न दिनू भन्ने आदेश प्रहरीलाई प्राप्त भएको बताइञ्छ।  

यसअघि ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट ल्याउनुपर्ने प्रावधान थियो । सो प्रावधान झन्झटिलो भएको गुनासो आउने गरेको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीको बैठकले कोरोनाविरुद्ध दुवै डोज खोप लगाएका भारतीयलाई प्रवेश गर्न दिने निर्णय गरेको हो । नयाँ पत्रिकाको सहयोगमा।

 

Image: The Kathmandu Post 

Views: