d

मेचीनगरमा नेकपा (एस) :  ५१ सदस्यीय नगर कमिटी घोषणा, पौडेल बने अध्यक्ष

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा । नेकपा एकीकृत समाजवादीले झापामा कमिटी गठन प्रक्रियालाई तीव्रता दिएको छ ।

यहीक्रममा आज सम्पन्न मेचीनगर भेलाले अर्जुन पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । यसअघि एमालेको क्षेत्रीय अध्यक्ष, नेकपाको जिल्ला कमिटी सदस्य रहिसकेका पुराना नेता पौडेल विद्यार्थी कालदेखि नै झापाका चर्चित वाम कार्यकर्ता हुन् । एमाले नेता रविन कोइराला, गोपाल बुढाथोकी र पौडेल एमालेमा ओली विरोधी नेता भनेर चिनिन्थे ।

पछिल्लो समयमा कोइराला र बुढाथोकीले ओलीलाई नै साथ दिँदा नेता पौडेल भने माधव नेपाल पक्षमा उभिएका नेता हुन् । मेचीनगर उपाध्यक्षमा चेतराज बिष्ट चेतन, बिमला देवकोटा, र नारायण भट्टराई र सचिवमा हरि तिम्सिना चयन भएका छन् । कमिटीको उपसचिवमा हेमन्त नेपाल चयन भएका छन् ।

Views: