d

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने, कस्तो छ कम्पनी ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डाै – मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात् आईपीओ निष्कासन गर्ने भएको छ ।

मुक्तिनाथ विकास बैंकलगायत नेपालका आठ सय भन्दा धेरै व्यवसायीको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि चार करोड रुपैयाँ मूल्य बराबरको चार लाख कित्ता आईपीओ जारी गर्न लागेको जानकारी दिएको छ ।

२०७५ सालमा एक अर्ब रुपैयाँ अधिकृत पुँजी र ४० करोड रुपैयाँ जारी पुँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । आईपीओ निष्कासनका लागि मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।  ।

आउँदो चैत मसान्तभित्रै आईपीओ निष्कासन गर्ने कम्पनीको तयारी छ ।  

Views: