d

देशकाे शिक्षा नीति परिवर्तन हुनुपर्छ : अनेरास्ववियु अध्यक्ष बराल

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाण्डाै – नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकि छिन्।  अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्ने गरी नीति बनाउनुपर्ने बताईन्  ।

आज बिहीवारकाे कुराकानीमा उनले पालिकाहरूले आफ्नो स्रोत र साधन प्रयोग गरी स्थानीय आवश्यकतालाई ध्यान दिइ विषय बनाउनुपर्नेमा जोड दिईन् । विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई चुस्त/दुरुस्त बनाउँदै उहाँले प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गरिन् । अध्यक्ष बरालले भनिन् , ‘अब हामीले हाम्रा नीतिहरूमा परिवर्तन गर्नुपर्छ । राष्ट्रिय शिक्षा नीतिअनुसारका विश्वविद्यालयमा भएका कार्यक्रमहरू छन् । १२ कक्षा अध्ययन सकेर बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किँदैन हाम्रो सबैभन्दा ठूलो चुनौतीको विषय यो हो । आफ्नो स्थानीय स्रोत, साधन झल्किने गरी पालिकाले शैक्षिक नीति निर्माण गर्नुपर्छ । शैक्षिक क्यालेन्डरलाई चुस्त दुरुस्त बनाउँदै विद्यालय शिक्षा जीवनोपयोगी शिक्षा र विश्वविद्यालय शिक्षा विज्ञ उत्पादन बनाउने शिक्षा बनाउनु चुनौती र आवश्यकता बनेको छ । शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्छ । विश्वविद्यालयहरूलाई प्रविधिमैत्री बनाउनुपर्छ ।’

Views: