d

किन हुँदैन बजार अनुगमन ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास सम्वाददाता 

झापा: मुलुकभर बजार अनुगमन भई रहदा गौरादहमा भने बजार अनुगमन भएको पाइदैन।  चाड्वाडको मुखमा सबैतिर बजार अनुगमन हुँदा गौरादहमा भने बजार अनुगमनले प्राथमिकता नपाएको देखिएको हो।  त्यसो त हरेक वर्ष मुलुकभर संचालन हुने बजार अनुगमन गौरादहमा भने भएको पाइदैन।  उपभोक्ता हितमा कार्य गर्ने संघ संस्थाहरुले वेवास्ता गरेकै कारण पनि गौरादहमा बजार अनुगमनको लागि स्थानिय सरकारलाई दवाब पुग्न नसकेको उपभोक्ताको गुनासो छ।  दैनिक उपभोग्य वस्तुको आपुर्तीमा देखिएको मूल्य ब्रिद्दिको चपेटामा उपभोक्ताहरु परिरहँदा सरोकारवालालाई वास्तै नरहेको स्थानियको गुनासो छ।  बजार अस्तव्यस्त भएको भन्दै स्थानीयले गुनासो गर्दा समेत नगरपालिकाले  कुनै चासो नदिएको उपभोक्ताको आरोप छ।

साग सब्जी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य आकासिदा समेत स्थानीय सरकारले चासो नदिनुलाई सहज रुपमा लिन नासिने आम उपभोक्ताको   भनाई रहेको पाइन्छ।  सामाजिक संजालमा चर्को आवाज उठाउँदा समेत बजार अनुगमन नगरिनु, वजारलाईइ व्यवस्थित नगर्नुलाई स्थानिय सरकारको उदासिनता नै मान्नु पर्ने देखिएको छ।  

Views: