d

वडाध्यक्ष कट्ट्वालको सौजन्यमा कर्मचारी र जनप्रतिनिधिलाई ज्याकेट वितरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 
पर्दाफास सम्बादाता 
असोज २४  आइतबार २०७८ झापा: झापाको कमल गाउँ पालिका वडा न. १ मा जनप्रतिनिधि तथा वडा कार्यालयका कर्मचारीहरुलाई  ज्याकेट वितरण गरिएको छ।  वडा अध्यक्ष केदार कट्ट्वालको सौजन्यमा वडा कर्मचारी र जनप्रतिनिधि गरि १० जनालाई कमल गाउँ पालिका वडा न. १ लेखिएको ज्याकेट वितरण गरिएको बताइएको हो।  

वडा दशैं तथा दिपावली र छैटको अवसर पारेर शुभकामना आदान प्रदान गर्न वडा परिसरमा आयोजित कार्यक्रमको अवसरमा वडाध्यक्ष कट्ट्वालले आफ्नो व्यक्तिगत खर्चमा जयाकेट वितरण गरेका हुन्।  

वडा कर्मचारी र  जनप्रतिनिधिमा सामुहिक सोच र भावनाको विकाश होस् भन्ने उद्देश्यले दशैं पर्वको अवसर पारेर ज्याकेट वितरण गरिएको पर्दाफास प्रतिनिधि संग कुरा गर्दै वडाध्यक्ष कट्ट्वालले वडा कर्मचारी र जनप्रतिनिधिको अटुट सम्बन्धले वडाको सर्वाङ्गिण विकाशमा कोशे ढुङ्गा सावित हुने बताए।  

 कट्ट्वाल गत स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट राम्रो मतान्तार साथ विजयी भएका वडाध्यक्ष हुन्। ५ वर्षे पदावादी सकिन लाग्दा समेत कुनै विवाद र झन्झटको सामाना गर्नु नपरेका वडाध्यक्ष कट्ट्वाल कमल गाउँ पालिका भित्र निकै नरम र शालीन स्वाभावका वडाध्यक्षको रुपमा चिनिन्छन्।   

Views: