d

बिबादमा तानिए पछि देउवा सरकार पछि हट्यो, गजेन्द्रको राजिनामा स्वीकृत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

  
२४ असोज, काठमाडौं । चर्को आलोचना पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल पदबाट हटेका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा स्वीकृत भइसकेको छ ।

शुक्रबार दिउँसो मन्त्री नियुक्त भएका हमालले सोही दिन साँझ साढे ७ बजे मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । दिनको हिसाबले तीन दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका हमाल घण्टाको हिसाबले भने मन्त्री पदमा ४० घण्टा हारहारी मात्रै रहे ।

Views: