d

 सभापति पदको लागि म पनि बलियो उम्मेदवार हो : कांग्रेस महामन्त्री कोईराला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन् । मंगलबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताए ।
उनले भने, ‘तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमानै गर्नुपर्छ ।’ १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए ।
महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको पनि उनले बताए । उनले भने, ‘संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।’ आफु, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आफू बलियो उम्मेदवार रहेको दाबी गरे ।
१४ औं महाधिवेशनमा पार्टी सभापति देउवा इतर पक्षधरमध्ये एक जना सभापतिको उमेदवार हुने भनिए पनि कोइरालाले आफू पछि नहट्ने बताएका छन् । ‘हामी चार जना छौं तर म पछि सर्ने वाला छैन’, उनले भने, ‘कारण क ेहो भने पार्टीको गतिविधि महामन्त्रीको हैसियतबाट नजिकबाट नियाले । पार्टीलाई सुदृढीकरण गर्न केन्द्रीय नेतृत्वमा परिवर्तन आउनपर्छ ।’
महामन्त्री कोइरालाले आफू सभापति भए सबैभन्दा पहिला विधान संसोधन गर्ने बताए। कांग्रेसमा सभापति सहित पदाधिकारी पनि निर्वाचित हुने व्यवस्था छ। महामन्त्री कोइरालाले भने पदाधिकारी चयनको अधिकार सभापतिमा रहने विधान बनाउनुपर्नेमा आफू लागेको बताए। ‘हामीले जुन विधान बनायौं त्यो राम्रो विधान होइन। अहिले सम्पूर्ण पदहरु निर्वाचित हुने व्यवस्था छ। सभापतिको हातै छैन ’, उनले भने, ‘महामन्त्री, सह महामन्त्री, केन्द्रीय सदस्य बनाउने अधिकार सहित सभापतिमा वर्चश्व हुने विधान हुनुपर्छ। म सभापति भए भने पहिलो काम विधान परिवर्तन गर्छु ।’ द नेपाल टप।  

Views: