d

दशैँ घरमा भित्र्याइयो फूलपाती

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकामा रहेकाे दशैँ घरमा भित्र्याइएको छ । नेपालीहरूको महान् पर्व बडादशैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकामा रहेकाे दशैँ घरमा भित्र्याइएको हो । 

आज मङ्गलवार बिहान ८ः२५ को साइतमा गोरखा दरबारबाट निकालिएको फूलपाती दिउँसाे साढे ४ बजे बाजागाजासहित दशैँघरमा भित्र्याइएको छ । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रूपमा दशैँघरमा भित्र्याइएको हो ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको छ ।

राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाण्डाैमाथि विजय पाएपछि काठमाण्डाैलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरबारको फूलपाती काठमाण्डाैकाे हनुमान ढोका ल्याउने प्रचलन सुरु भएको बताइन्छ ।  

 

image: siailungo online

Views: