d

मोहन वैद्य अचानक अस्वस्थ, नर्भिक अस्पतालमा उपचार हुँदै  

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना हुनुभएकाे छ ।

वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि उहाँ आज आइतवार थापाथलीमा रहेकाे नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । दम रोग पीडित उहाँलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएकाे हो । 

फाइल फोटो 

केही दिन अस्पताल बस्नुपर्ने हुन सक्ने उहाँका आफन्तले बताएका छन् । आज उहाँको छातीको परीक्षण गरिएको छ । 

Views: