d

सामलिङ पावर कम्पनीको आईपीओ आजदेखि निष्कासन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ : सामलिङ पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ ।

कुल सेयरमध्ये २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

सो सेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सकिने निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक १८ गतेसम्म आवेदन दिने मिति लम्बिने क्यापिटलको भनाइ छ । सो सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

Views: