d

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा निस्किए प्रधानमन्त्री देउवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम प्रदेश जाँदै छन् । प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्‍याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिने उनको निजी सचिवालयले जनाएको छ ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहप्रदेश जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि निरीक्षणमा जाने बताइएको छ। टोलीमा कांग्रेस नेताहरू रमेश लेखक, एनपी साउद र वीरबहादुर बलायरलगायत सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

सम्भव भएसम्म प्रधानमन्त्री देउवा बिहीबारै कर्णाली प्रदेशमा पनि पुग्ने सचिवालयले जनाएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले यसअघि नै उद्धार, राहत र पुनस्र्थापनामा सम्बद्ध निकायलाई परिचालित हुन निर्देशन दिइसकेका छन्। प्रधानमन्त्री देउवा भोलि काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ ।

Views: