d

एमालेको १० औँ महाधिवेशन चितवनमा हुने, बादलले पाए व्यवस्थापनको मुख्य जिम्मेवारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेकपा एमालेको आगामी १० औँ महाधिवेशन चितवनमा हुने भएको छ ।

बिहीबार (आज) बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेको १० औँ महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म हुने तय भएको थियो । यद्यपी ठाउँको बारेमा भने आज मात्रै निर्णय भएको हो ।

यसअघि बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर आजको बैठकले चितवनमा गर्ने निश्चित गरेको हो ।

त्यस्तै बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको नेतृत्वमा मुल ११ जनाको मूल व्यवस्थापन कमिटी गठन समेत गरिएको छ ।

Views: