d

खानेपानी कार्यालयका निमित्त प्रमुखलाई दुर्व्यवहार गर्ने १७ जनाविरुद्ध मुद्दा दर्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery


  
धनुषा – खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गर्ने ६२ जनमत पार्टीका कार्यकर्तामध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

हिजाे बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेता तथा कार्यकर्ताले गुण्डाशैलीमा कार्यालय प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । लाठी, भाटासहित कार्यालय पुगेका दर्जनौँ कार्यकर्ताले प्रमुखलाई जबरजस्ती कार्यालयबाट बाहिर ल्याइ कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरूले कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रूपमा कुटपिट गर्दै घुमाएका थिए ।

यस घटनामा संलग्न १७ जना नेता/कार्यकर्तामाथि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतका अनुसार यस पार्टीका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत सङ्घका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

उहाँले भन्नुभयो, ‘यस मुद्दामा अभियुक्तहरूलाई क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ ।’ बाँकी पक्राउ गरिएका ४५ जनालाई बिहीबार अबेर राति हिरासतमुक्त गरिएको थियो । यता मुद्दा दर्ताको विरोधमा पार्टीका अध्यक्ष राउतको निर्देशनमा उनका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने तयारी गरेका छन् । उज्यालो अनलाइन।  

Views: