d

एमालेमा दशौँ महाधिवेशनको चटारो: आज ६ हजार सात सय ४३ वटै वडामा अधिवेशन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संसद्को ठूलो दल प्रतिपक्षी नेकपा एमालेमा दशौँ महाधिवेशनको सरगर्मी सुरु भएको छ । विधान महाधिवेशन सम्पन्न भएको तीन सातापछि एमालेले शनिबार एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन गर्दै छ ।

अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशन उद्घाटन गरेर सम्बोधन गर्दै छन् । लगत्तै ९ कात्तिकमा देशभरका सात सय ५३ पालिकामा पालिकास्तरीय अधिवेशन आयोजना गर्दै छ । गत १५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा एमालेले प्रथम विधान महाधिवेशन गरेको थियो ।

बिहीबार बसेको स्थायी समिति बैठकले पार्टीको दशौँ महाधिवेशन आगामी १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको नीति, विचार र विधान पारित गर्ने विधान महाधिवेशन सम्पन्न भइसकेकाले एक महिनापछि हुने महाधिवेशन केवल नेतृत्व चयनमा केन्द्रित हुने जनाएको छ।  

Views: