d

केपी ओलीकै अहंकारले बहुमतको सरकार ढलेको हो : रामचन्द्र पौडेल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गुलरिया : केपी ओलीको अहंकारले बहुमतको सरकार गर्ल्यामगुर्लुम ढलेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। कर्णाली नदीको बाढीले प्रभावित बर्दियाको बाढीग्रस्त क्षेत्र अवलोकनमा पुगेका  पौडेलले नेपाली काँग्रेस गुलरिया नगर कार्य समितिद्वारा आयोजित कार्यकर्ता भेटघाटका क्रममा ओलीले आफैंलाई सर्बेसर्वा ठान्दा सरकार ढलेको बताएका हुन्।  

जनताले चुनेर निर्धक्क शासन गर्न चाहिँदो बहुमत दिएको कम्युनिष्ट सरकार ओलीको आफ्नै खटन पटन लगायत हैकममा चल्नुपर्ने प्रवृत्ति मौलाएपछि सरकार ढल्न पुगेको उनले दोहोर्याएका थिए । 

 कर्णालीको बाढीले खेती भित्र्याउने बेलाको अन्नबालीमा गरेको नोक्सानी प्रति चिन्ता व्यक्त गर्दै दीर्घकालीन, अल्पकालीन राहत योजना बनाउन सरकारलाई सुझाव दिए।

Views: