d

भारतसँग जोडिएको सिमा क्षेत्रमा पर्खाल लगाउनु गलत -  पूर्वउपराष्ट्रपति झा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं: पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल–भारत सीमालाई नियमन गर्दा दुई देशबीचको ‘रोटीबेटी’ सम्बन्धमा गम्भीर असर पर्ने बताएका छन ।
नेपाल भारत मैत्री समाजले राजधानीमा मंगलबार आयोजना गरेको कार्यक्रममा झाले नेपाल–भारत खुला सीमा नियमन गर्ने कुरा समग्र मधेशी जनताका लागि अमान्य भएको बताए ।
‘खुला सीमा भएकै कारण नेपाल र भारतबीच रोटी–बेटी सम्बन्ध रहिआएको छ । तर, हाम्रा नेताहरुले भारतसँगको सीमामा पर्खाल लगाउनुपर्छ भन्ने गरेको मैले सुनेको छु । यदी त्यसो गर्ने हो भने त्यसले दुई देशका जनताको आवातजावतमै असर गर्छ । मधेशमा बस्ने सबैको धारणा यही हुनुपर्छ भन्ने मलाई लाग्छ’ उनले भने ।
नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेको पुस्तक ‘काठमाडौ डिलेमा रिसेटिङ इन्डिया नेपाल टाइज’ बारे बोल्दै उनले भारतसँग जस्तो निकटता नेपालको अन्य देशसँग नरहेको बताए ।
‘जति हामी भारतका कुरा बुझ्छौँ चीन वा सार्कका अन्य कुनै देशका बारेमा बुझ्दैनौँ’ उनले भने । पूर्वउपराष्ट्रपति झाले भारतसँग सरकारी तहमा सम्बन्धमा बेलाबखत खटपट आउने गरेपनि जनस्तरको सम्बन्ध सदैव राम्रो रहेको बताए ।  द नेपाल टप 

Views: