d

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे गठबन्धनमा छलफल भएको छैनः प्रचण्ड

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफूमाथि केन्द्रित गरेर एमालेले चितवनमा महाधिवेशन गरेको टिप्पणी गरेका छ्न  । त्यसले देशको राजनितिमा प्रचण्डको भूमिका तथा महत्व के रहेछ भन्ने कुराको पुष्टि गरेको उनले दाबी गरे ।
उनले आफूलाई महत्व दिएर चितवनमा महाधिवेशन गरेको बताउँदै एमालेले चितवनमा महाधिवेशन गरेर मलाई विजयी गराउने सुरुवात गरेको भन्ने लागेको बताए । मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै दाहालले भने,‘एमालेले मलाई कति महत्व दिँदोरहेछ भन्ने कुरा अब चितवनका जनताले राम्रै बुझ्ने भएनी?’, उनले एमालेको महाधिवेशनले आफूलाई फाईदा पुग्ने बताए ।
उनले माओवादी केन्द्रले पनि चितवनमै महाधिवेशन गर्ने बताए । ‘एमालेले पनि यही महाधिवेशन गरेपछि म पनि यही आउन परेन त?’, उनले भने, ‘पार्टीमा चुनाव लड्ने यो अन्तिम हुन सक्छ ।’
आफन्तलाई कोटामा मन्त्री नियुक्तिको भागवण्डा गरेको आरोप लागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा विवादमा तानिएपछि यस विषयमा केहीदिनभित्र सत्तागठबन्धनका दलले धारणा तय बनाउने बताए । न्यायलयमा देखिएको विवाद एक दुई दिनभित्रमा उचित निष्कर्षमा पुग्ने उनको भनाइ छ । राज्यका प्रमुख अंग न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्नुपर्ने उनले बताए ।
प्रधानन्यायाधीश जबरालाई तत्काल महाभियोग लगाउने विषयमा गठबन्धनबीच छलफल नभएको उल्लेख गर्दै प्रचण्डले भने, ‘पछिल्लो समय न्यायलयमा देखिएको विवादको विषयमा गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं । तर पाँचवटै पार्टी जुटेर यो छलफलमा गर्ने भन्ने कुरा भएको छ ।’ प्रचण्डले भने,‘महाभियोगको त हामीले चर्चा नै गरेको छैन । यसमा प्रसंग नै आएको छैन ।’
चैतमा निर्वाचन गर्ने कुरामा संविधान र निर्वाचनको ऐनमा विवाद भएकोले त्यस विषयमा निर्वाचन आयोगसँग शीर्ष नेतृत्वको छलफलले टुङ्गाउने उनले बताए ।
गजेन्द्र हमाललाई मन्त्री नियुक्तिको विषयलाई लिएर विवाद सुरू भएको र राजीनामा दिए पनि विवाद चर्किरहेको उनले बताए । ‘न्यायलयको स्वतन्त्रतामा कतैबाट आँच नआओस भने सन्दर्भमा हामी सबै सतर्क हुनु पर्छ । अहिले जुन डिवेट चलेको छ त्यो एक÷दुई दिनभित्रै निष्कर्षमा पुग्छ,’ उनले भने ।

Views: