d

चिनियाँ क्षेप्यास्त्र प्रक्ष्येपणले अमेरिकी सेना चिन्तित

Views:
Responsive Image Gallery
Responsive Image Gallery


भर्जिनिया : चीनले गरेको क्षेप्यास्त्र प्रक्ष्येपणपछि अमेरिकी सेना चिन्तित बनेको छ। पहिलो पटक चीनको क्षेप्यास्त्र प्रक्ष्येपणको पुष्टि गर्दै अमेरिकी सेना चिन्तित बनेको हो।

अमेरिकी सेनाका शीर्ष जनरल मार्क मिलेले चीनको क्षेप्यास्त्र प्रक्ष्येपण संसारको पहिलो मानवनिर्मित भूउपग्रह स्पुतिनक मुमेन्ट (क्षण) जस्तै रहेको बताएका छन्। ‘यो एक महत्वपूर्ण प्रविधिको घटना हो र यसमाथि हाम्रो ध्यान केन्द्रित हुनेछ’, हालै प्रशारित ब्लुमबर्ग टिभीसँगको अन्र्तवार्तामा उनले भनेका छन्।

गत साता बेलायतको फाइनान्सियल टाइम्सले चीनले परमाणु क्षमतासहितको क्षेप्यास्त्र प्रक्ष्येपण गरेको समाचार बाहिर ल्याएको थियो। सो समाचारले अमेरिकाको गुप्तचर एजेन्सीलाई झट्का लागेको थियो।

Views: