d

पार्टी एकता गर्न उपेन्द्र र महेन्द्रलाई प्रचण्डले गरे प्रस्ताव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन्। प्रचण्डले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता महेन्द्र राय यादवलाई सम्बोधन गरी ढिला नगरी पार्टी एकता गर्न आग्रह गरेका हुन्।

शनिबार सर्लाहीमा आयोजित शिक्षक संगठनको एकता कार्यक्रममा बोल्दै उनले भने, ‘महेन्द्रजी, उपेन्द्रजी एउटै पार्टी बनाऔँ। ढिलो नगरौँ, तपाईंहरुलाई चाहिने सम्मान, अधिकार दिन हामी कन्जुस्याइँ गर्ने छैनौँ।’ उनले ढिला नगरी जसपा र माओवादी पार्टी पनि एक हुन आग्रह गरे।

‘नेकपा ढिलो नगरी पार्टी एकता गरौँ, आनन्द नै होला। क्षेत्रीय राजनीतिबाट मधेशीले मुक्ति पाउँदैन, यो टुकुरो बनाएर किन बस्ने, महासागर बनेर बसौँ। यो पो बुद्धिको कुरा हो। अलग अलग टुक्रा बनाउँदनै पर्दैन’, उनले भने। अध्यक्ष प्रचण्डले उपेन्द्र र महेन्द्रले आफूलाई राम्रोसँग चिनेको बताउँदै बरु आफू जनकपुर आउने र त्यहीँ एक हुन आग्रह गरे।

उनले भने, ‘मलाई उपेन्द्र र महेन्द्रले राम्रोसँग चिन्नुहुन्छ म कस्तो मान्छे हो भनेर। नडराइकन पार्टी एकता गरौँ। बरु म जनकपुर आउँछु, त्यहीँ एउटा घोषणा सभा बनाऔँ। अर्कोपटक मधेशमा लहर आउँछ। त्यसपछि मधेशमा एकलौटी सरकार बनाउँछौँ। टेन्सन किन लिनुपर्यो। तर, एक्लै हिँड्न खोज्नुहुन्छ भने भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ तर, काँध हाल्न सकिँदैनँ।’

Views: