d

आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ : नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई तिहाइको मात लागेका केपी ओलीलाई घुँडा टेकाइदिएको दाबी गरेका छन्। शनिबार विराटनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने धारणा राखेका हुन्।

उनले भने, ‘दुइ तिहाईको मात लागेका केपी ओलीलाई घुँडा टेकाइदिऔं। केपी ओलीको पार्टी भुँईमा पछारिएको छ। हाम्रो पार्टी सबै प्रदेशमा अगाडि छ। केपीको पार्टीलाई भोलीको चुनावमा टर्च बालेर खोज्नुपर्ने हुन्छ। ’ 

उनले केपी ओलीमा दक्षिणपन्थी अवसरवाद र व्यक्तिवाद हाबी भएको बताएका छन् । 

Views: