d

गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन प्रधानमन्त्री देउवाको आह्वान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली दूतावास लन्डनमा शनिबार एनआरएन यूकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो आह्वान गरेका हुन् ।
‘एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु । एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ । भिषाका लागि झन्झट गर्नु पर्दैन ।’ अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए । उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए ।
एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बद्ल्नुपर्ने हुन्छ । त्यो तत्काल सम्भव नहुने प्रधानमन्त्री देउवाको भनाइ थियो । त्यसअघि एनआरएनए यूकेले प्रधानमन्त्री देउवाले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरु राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।

Image: Khabarhub

Views: