d

विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रलाई बहुमत, मिलन पाण्डे भन्छन् , अदालत जान्छु'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले बहुमत प्राप्त गरेको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले कायम गरेको एक सय २४ सदस्यीयलाई निर्वाचन आयोगले स्वीकार गरेको हो । मिश्रले विधानसमेत संशोधन गरेर केन्द्रीय समिति हरेफेर गरेका थिए, जुन विवरण निर्वाचन आयोगमा अद्यावधिक भएको छ ।

पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार आयोगले बुधबार पत्र पठाएर विवरण अद्यावधिक भएको जानकारी गराएको हो । मिलन पाण्डे समूहले भने यो निर्णय अस्वीकार गरेको छ।  

विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । तर, मिश्रले विधान संशोधन गरेर यो अधिकार अध्यक्षलाई मात्र दिएका थिए ।

तपाइको प्रतिक्रिया

Views: