d

कांग्रेस अधिवेशन: झापा ५ 'क' अध्यक्षमा जीवन राई, को को कति मतले विजयी ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाली कांग्रेस झापा क्षेत्र न ५ 'क' प्रदेश अन्तरगत आज सम्पन्न निर्वाचनमा सभापती पदमा जीवन राई विजयी भएका छन्।  कुल २०४ मत सहित राई विजयी भएका हुन्।  उनका निकटम प्रतिवन्दी ज्ञानेन्द्र खत्रीले १५१ मत प्राप्त गरेका छन्।  

 उपसभापती पदमा आत्माराम राजवंशी (२१७) र पदम कुमार ढुंगाना (१४८) विजयी भएका छन्।  

त्यसगरी सचिव पदको लागी भएको मतदान बाट भिम अधिकारी (२०८) र हेम चन्द्र घिमिरे राजु  (२०९) मत तथा सह-सचिवमा इन्दिरा विष्ट (२४६) र राम बहादुर ढुंगाना (१९१) विजयी भएका छन्।  

यसैगरी खुल्ला महिला तर्फ गीता ढकाल (२४०), दिपा भण्डारी गौतम (१८९) र दिक्षा कोइराला घिमिरे (१९३), आदिवासी जनजाती तर्फ वीर सिंह राजवंशी (२०९) , खस आर्य महिला तर्फ (लक्षिमा देवी चिमरिया (२३२), तथा अल्पसंख्यक अपाङ्ग तर्फ रंजित चक्रवर्ती (भोला) विजयी भएका छन्।  

आजै भएको प्रदेश प्रतिनिधि खुल्ला तर्फ किशोर कुमार पौड्याल (२०१), कुमार कार्की (१७७), खड्ग पराजुली (१९३), पुण्य प्रसाद सिग्देल (१९१), प्रकाश कार्की (२४१) र सन्जिब बहादुर कार्की (223) विजयी भएका छन्।  


 

Views: