d

जनकपुरधाम उपमहानगरपालिकाकाे मूलगेट र मेयरको कार्यकक्षमा ताला लगाइयाे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

धनुषा – जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन् । पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइमा चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरूले उपमहानगरपालिकाको मूल गेट र मेयर लालकिशोर साहको कार्यकक्षमा ताला लगाएका छन् । नगरमा थुप्रिँदै गएको फोहरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाइ नभएपछि तालाबन्दी गर्न र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पटक–पटक आफूहरूले सफाइका लागि आग्रह गर्दा समेत पनि मेयर साहले कुनै चासो नदिएका र कर्मचारी, जनप्रतिनिधिसँग अभद्र व्यवहार गर्ने गरेको बताए।  

अध्यक्ष सिंहले तालाबन्दी र धर्नापछि पनि नगरपालिकाले समस्या समाधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी दिए।  

Views: