d

राप्रपा अध्यक्षमा लिङ्देनले गरे उम्मेदवारी घोषणा, सर्वसम्मत हुने देखियो संकेत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । दरबारमार्गस्थित एक होटलमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरेर लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा अर्का नेता धवल शमशेर राणाले सार्वजनिक गरेका हुन् । 

नेता लिङ्ग्देनले उम्मेदवारी घोषणा गरेता पनि उनी संग कसले चुनावी प्रतिस्पर्धा गर्ने हुन् त्यो भने खुलिसकेको छैन । 

नेता लिङ्ग्देनले उम्मेदवारी दिएपछि अध्यक्षत्रय बाट कुनै प्रतिकृया समेत नआएकोले लिङ्ग्देन सर्वसम्मत अध्यक्ष घोषित हुन्छन् वा अन्य नेता संग प्रतिस्पर्धा रहन्छ भन्ने समेत खुलीनसकेको बताइएको छ ।  

 लिङ्ग्देन एक मात्र अध्यक्षको उम्मेदवार हुन सक्ने समेत आकलन गर्न थालिएको छ । 

 केन्द्रीय कार्य सम्पादन समितिका सदस्य समेत रहेका राप्रपाका प्रभावशाली नेता भक्ति सिटौलाले पर्दाफास सँग कुरा गर्दै भने, 'अहिले सम्मको अवस्था हेर्दा नेता त्रय मध्ये पशुपति समशेर र डा. लोहनीले अध्यक्ष पदमा उम्मेदवारी दिने संभावना देखिएको छैन, वहाँहरुले समेत लिङ्ग्देनजीलाई नै सहयोग गरेर जानुहोला भन्ने हाम्रो बुझाई छ ।' 

 

कमल थापा र  लिङ्ग्देन भएको संवादबाट समेत नयाँ आशा पलाएको सिटौलाको बुझाई छ ।

 

 

'लिङ्ग्देन र थापा दुई नेता विच सौहार्द्रपूर्ण वातावरणमा कुराकानी भएको छ, कमल थापाले  पनि राजेन्द्र जीलाई सहयोग गर्नु हुनेछ भन्ने मलाई आत्मविश्वास छ ।' , सिटौलाले भने । 

 

यद्द्यपी राजेन्द्र लिङ्ग्देन र कमल थापा विच भेटघाट हुँदा लिङ्ग्देनले आफू अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएता पनि नेता थापाले भने कुनै प्रतिकृया नजनाएको बताइएको छ । 

 

नेता सिटौला जस्तै राप्रपाका अर्का नेता लक्ष्मी संग्रौला समेत राजेन्द्र लिङ्ग्देन सर्वसम्मत अध्यक्ष हुनेमा विश्वास व्यक्त गर्छन्। 

'देशभरका कार्यकर्ता बाट राजेन्द्रजीको पक्षमा बहस चल्न थालेको छ, निर्वाचन गराउदा समेत वहाँकै जीत हुने कुरा निश्चित प्राय: हुँदै गएकोले सर्वसम्मतमा अध्यक्ष घोषणा गर्नु उपयुक्त रहन्छ।' नेता संग्रौलाले भने । 

 

 एक केन्द्रीय सदस्यले राप्रपामा चूनाव हुने संभावनानै आफूले नदेखेको बताउछन् । मिडियामा नाम नखुलाउने सर्तमा उनले भने, 'महाधिवेशनमा चुनावी रनकनै छैन, यदि चुनाव हुने थियों भने देश भर बाट आउने कार्यकर्तालाई आफू अनुकूल मिलाएर राख्ने योजना नेताहरुबाट शुरू भइसक्ने थियो।'

 राप्रपाको महाधिवेशन मंसिर १५,१६ र १७ गते काठमाडौंमा हुँदैछ ।

29393

Views: