d

बागमती प्रदेश मन्त्रालयमा भागबण्डा: ८ बाट १४ मन्त्रालय बनाइयो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बागमती प्रदेश सरकारले प्रदेशका मन्त्रालयहरू विभाजन गरेको छ । प्रदेश सरकारले यस अघि कायम रहेको ८ मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएको छ । सरकारमा आबद्ध दलहरूलाई भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरिएको हो । भागबण्डा नमिल्दा कसले कुन र कति मन्त्रालय पाउने भन्ने बारे गठबन्धनका दलहरू बीच सहमति हुन सकेको थिएन ।

मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा गठबन्धनको सरकार कायम छ । प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस र जनता समाजवादी पार्टी सहभागी रहेका छन् । गठबन्धनका दलहरूको तर्फबाट सरकारको नेतृत्व गरेका नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले गत मङ्सिर १५ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार प्रदेशको हाल कायम रहेको ८ मन्त्रालयलाई विभाजन गरेर १४ वटा पुर्‍याउने निर्णय गरेका हुन् ।  

Views: