d

प्रदेश १ कांग्रेस सभापतिमा पौडेल पक्षका गुरूराज घिमिरेको २६ मतको अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

नेपाली कांग्रेस प्रदेश १ को सभापति पदको मतगणनामा संस्थापनइतर पक्षका गुरूराज घिमिरेको अग्रता कायम छ।

विराटनगरमा आइतबार दिउँसो दुई बजेपछि सुरू भएको मतगणनामा घिमिरेले अग्रता लिएका हुन्।


५ सय ७२ मत गणना हुँदा घिमिरेले २९९ मत ल्याएका छन् भने सभापतिका अर्का उम्मेदवार उद्धव थापाले २७३ मत ल्याएका छन्।

त्यस्तै उपसभापतिमा गोविन्द प्रसाद ढुंगाना ( केदार ) ले २५७ मत, टंक प्रसाद राईले २८३ मत, रमेशजंग रायमाझीले २९१ मत, विश्वनाथ रिजाल ( त्रिलोचन)ले २३३ मत ल्याएका छन्।

यसैगरी महामन्त्रीमा उमेश थापा (२७९), दिपन कुमार श्रेष्ठ (२६५), पदम सुन्दर पालुङ्गवा (२६९), भूपेन्द्र राई (२६६)  मत ल्याएका छन्।


सभापतिमा उम्मेदवार दिएका घिमिरेलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन छ।

थापा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता हुन्। थापालाई पार्टी सभापति शेरबहादुर देउवा समूहले पनि समर्थन छ।

कांग्रेस प्रदेश १ मा ९ जना पदाधिकारीको लागि २० जना चुनावी मैदानमा छन्।

नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन अन्तर्गत शनिबार  भएको मतदानमा ६०० जनाले भोट हालेका थिए।

Views: