d

२६५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको छ ।
सोमबार ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घन्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९, भक्तपुरमा १० र ललितपुरमा २३ जना संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर २६५ जनामा कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
सोमबार ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घन्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण भएको छ ।

Views: