d

विकासको गतिमा हेटौँडा: हुप्राचौरमा 'भ्यु–टावर' सहितकाे १३ तले भवन बनाईने

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 
मकवानपुर – हेटौँडा उपमहानगरपालिका ४ हुप्राचौरमा १३ तलाको बहुउद्देश्यीय भवन निर्माण गर्नका लागि आज साेमवार सम्झौता गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र लामा–रसुवा–बानियाँ जेभीका सञ्चालक ऋषि बानियाँका बीचमा सम्झौतामा आज हस्ताक्षर गरिएको हो ।


७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा लामा–रसुवा–बानियाँ जेभीले ठेक्का सकार गरेर आज सम्झौता गरिएको हो । 

हेटौँडामा सबैभन्दा धेरै लगानीमा हेटौँडाको बसपार्कमा बस टर्मिनल, थाना भर्‍याङमा तरकारी थोक बजार र आज सम्झौता गरिएको बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको मेयर हरिबहादुर महतले बताएका छन्।  

उपमहानगरपालिकाको ठूलो लगानी भएका तीन वटा भवनमध्ये दुई वटाको काम भइरहेको छ । अर्को बहुउद्देश्यीय भवनकाे भने आज सम्झौता गरिएको मेयर महतले जानकारी दिनुभयो । तरकारी थोक बजार प्रदेश सरकार र उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको हो भने अरू दुई वटा भवन उपमहानगरपालिकाले आफ्नै लगानीमा निर्माण गर्न लागेको मेयर बस्नेतले बताए।  

१३ तले भवनमा दुई तलाको अन्डरग्राउन्ड, चारैतिर लिफ्ट, दुई वटा भर्‍याङ, सबैभन्दा माथि भ्यु–टावर निर्माण गरिने बताइएको छ। 
इमेज : z-khabar

Views: