d

राप्रपा महमन्त्री राणालाई नेपालगञ्जमा भव्य स्वागत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बाँके । नेपाल राष्ट्रिय जनता पार्टी राप्रपाका नव निवर्चित महामन्त्री नेपालगञ्जका मेयर धवल शम्शेर राणालाई नेपालगञ्जमा भव्य स्वागत गरेका छन ।

काठमाडौंमा सम्पन्न भएको एकता महाधिवेशनबाट भारी मत प्राप्त गरी महामन्त्री पदमा धवल विजयी हुनु भएको थियो ।

पार्टीको महामन्त्री भएर पहिलो पटक धवल गृह जिल्ला बाँकेको नेपालगञ्ज आउँदा हजारौं संख्यामा फुल, मालाका साथ कार्यकर्ताहरुले भव्य रुपमा स्वागत गरेका छन।

“धवल शम्शेर जिन्दावाद, राजा आउ देश बचाउ” जस्ता थुप्रै राजावादी नाराका साथ स्वागत गरेका थिए ।

उक्त स्वागत कार्यक्रममा सफिक बेहना, लाल बहादुर ओली, अर्जुन जंग शाह, युवराज शही र स्थानीय कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

Views: