d

भाजपा नेता हर्षवर्द्धनको व्यंग- यति धेरै पुर्व प्रधानमन्त्री विश्वमै पहिलो दृश्य

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – भारतीय जनता पार्टी (भाजपा) का नेता हर्षवर्द्धनले नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा उपस्थित प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई लिएर आश्चार्यचकित  भएको बताएका छन्। उनले यति ठुलो संख्यामा पहिलो पटक पुर्व प्रधानमन्त्रीलाइ एउटै स्टेजमा देखेको विश्वमै पहिलो दृश्य भएको भन्दै आश्चार्य प्रकट गरेका हुन्।   
महाधिवेशनकाे उद्घाटन सत्रमा बाेल्दै भाजपा नेता हर्षवर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री अहिलेसम्म नदेखेकाे बताए ।  यस्ताे दृश्य भारत लगायत कही कतै नदेखेको बताएका थिए । यस्ताे दृश्य पहिलाे पटक देखेकाे भाजपा नेता हर्षवर्द्धनकाे भनाइ थियाे ।  

उनले  नेपालको अस्थिरता र पटकपटक फेरिने प्रधानमन्त्री उपर व्यंग गर्दै भने, 'नेपालमा मात्र यस्तो हुँदो रहेछ।'


उनले यसो भनि रहदा भिडबाट  गडगडाहट ताली बजेको थियो।  

केहि दिन पहिले एमालेको महाधिवेशनमा समेत आफु नेपाल आएको बताउदै उनले भने, 'देशको प्रधानमन्त्री विपक्षी पार्टीको कार्यक्रममा ३ / ३ घण्टा बस्नु पनि निकै अनौठो हो।  'यसबाट नेपालका राजनीतिक दलहरु एक आपसमा सहिष्णु छन् भन्ने देखिन्छ।', उनले भने।  
 

Views: