d

महाधिवेशनमा विनापूर्वाग्रह निर्णय लिन प्रतिनिधिहरूलाई पौडेलको आग्रह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू जहिले पनि पार्टीभित्र एकताको पक्षमा रहेको बताएका छन्। १४औँ महाधिवेशनको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले महाधिवेशनमा विनापूर्वाग्रह निर्णय लिन प्रतिनिधिहरूलाई आग्रह गरे। परिवर्तन आजको आवश्यकता भएको पौडेलको भनाइ छ। उनले आफूले अन्याय सहेर पनि एकताका लागि योगदान दिएको बताए। 

‘म जहिले पनि पार्टीभित्र एकताका लागि लडेको छु। आफूले अन्याय सहेर पनि एकताको लागि योगदान दिएको छु। मध्यमार्गी विचारबाट चलेको हुँदा एकताको पक्षमा छु,’ उनले भने। एकता र गौरवका साथ उभिने पार्टी कसरी बनाउने भन्ने सवाल अहिले रहेको उनको भनाइ छ। 

पैसाबाट चुनाव जित्ने कुराको अन्त्य हुनुपर्नेमा उनले जोड दिए। ‘यो भविष्य निर्धारण गर्ने समय हो। हामीले निर्णय गर्दा कसरी प्रतिपक्षसँग सामना गर्न सक्ने, जनताले नकार्न नसक्ने राजनीतिलाई सम्मानित क्षेत्र बनाउने कांग्रेस बनाउन सक्छौँ भन्ने सोचौँ,’ पौडेलले भने। 

नेपाललाई रूपान्तरण गर्न, कांग्रेसलाई रूपान्तरण गर्न नवयुवाहरू आएकोमा उनले खुसी व्यक्त गरे। महाधिवेशनमा नीति र देशको बारेमा गम्भीर छलफल गर्नुपर्ने थियो तर त्यसमा चुकेको उनले बताए। 

देश आज गतिहीन अवस्थामा रहेको उनले बताए। ‘आज नेपाल गतिहीन अवरुद्ध अवस्थामा रहेको छ। आज संसद् चलिरहेको छैन। संसद् बन्द अवस्थामा छ। सर्वोच्च अदालत अस्तव्यस्त अवस्थामा छ, सरकार गतिहीन अवस्थामा छ,’ उनले भने। देशमा आएको परिवर्तनअनुसार कांग्रेस अगाडि बढ्न सक्यो किन सकेन त्यसको आत्ममूल्यांकन गर्नुपर्ने उनले बताए। 
file photo

Views: