d

ओली नेतृत्वको गुटले छलाङ मारेछ - रावल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले आइतबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णयप्रति असन्तुष्टि जनाएका छन् । नेता रावलले बैठकले गरेका  मनोनयन र जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै केपी ओलीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको बताए ।


बैठक सकिएलगत्तै ट्वीट गर्दै नेता रावलले भनेका छन्: ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो । यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो ।’  नेता रावलले यस्तो प्रवृत्ति हट्नु पार्टीमा हितमा हुने बताएका छन् ।

Views: