d

१३०६ मत गणना गर्दा कसको कति मत?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भएको छ । मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन्। 

निर्वाचन समितिका अनुसार अहिलेसम्म १३०६ मत गणना भएको छ। 


यो गणनामा देउवाले अग्रता कायमै राखेका छन्। देउवा ६२६ मतकासाथ अगाडि छन्।

उनलाई कोइरालाले पछ्याइरहेका छन्। कोइरालाले ४८२  मत ल्याएका छन्। 

सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले १०२ विमलेन्द्र निधिले ८७ र कल्याण गुरुङले ४ मत ल्याएका छन्।

Views: