d

साढे तीन अर्ब रुपियाँ लगानीमा कागज उद्योग बन्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

फाइल तस्बिर 

नेपालगञ्ज, मङ्सिर २९ गते । तीन अर्ब पचास करोड रुपियाँ लगानीमा पश्चिम नेपालमै पहिलो पटक बाँकेमा कागज उद्योग स्थापना शुरु भएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले बाँकेको राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा एक्सीलेण्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग सञ्चालन हुन लागेको हो ।

एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले दुई वर्षभित्र उद्योग सञ्चालन गर्नेगरी कामहरु शुरु गरिएको र त्यसका लागि २२ विगाहा जग्गा खरिद गरेर डीपीआरका लागि कन्सल्टेन्ट समेत नियुक्त गरिसकेको बताइएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका– १८, मा रजिष्टर्ड कार्यालय स्थापना गरेर कम्पनीले उद्योग निर्माणको प्रक्रिया शुरु गरिएको जनाएको छ ।  

फोटोकपी पेपर, म्याफ्लिथो पेपरलगायत सबैखालका गुणस्तरीय कागज उत्पादन गरी नेपालको आयातलाई केही हदसम्म रोक्न सफल हुने संचालकको दावी छ  । 

उद्योगमा पहिलो चरणमा रिसाइकल प्लान्ट जडान गरिने भएको छ । ५२ करोड प्रारम्भिक लगानीका लागि पहिलो पटकको सेयर निस्काशन समेत भइसकेको ले दैनिक ५० टनको कटन मिक्स वेष्ट पेपरबाट रिसाइकल प्लान्ट स्थापना गरिने संचालकको भनाइ रहेको छ । 

गोरखापत्र अनलाइनको सहयोगमा

Views: