d

काठमाडौं महानगरपालिकाका निर्देशक बोगटीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ । गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बोगटीसहित पाँच जनाविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
जसमा बोगटीसहित महानगरपालिकाका खरिद इकाई प्रमुख बखतबहादुर साउँद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकी रहेका छन् । महानगरपालिका वडा नम्बर १२, टेकुस्थित एक भवन निर्माण गर्नका लागि गरिएको ठेक्काका लागि सार्वजनिक सूचनामार्फत बोलपत्र आव्हान गरिए बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रको मूल्यांकन प्रतिवेदनमा उनिहरुले गलत लिखत तयार गरेर निर्माण व्यवसायी छनौट गरेको उजुरी आयोगमा परेको थिए ।
उक्त उजुरीको आधारमा आयोगले उनीहरुमाथि अनुसन्धान गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार अनुसन्धानको क्रममा टेकुस्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा पाँच जनाकै संलग्ननतामा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरी भ्रष्टाचार गरेको देखिएकाले मुद्दा दायर गरिएको हो ।

 

Views: