d

सनम शाक्य हत्याकाण्ड तथा सुन तस्करी मुद्दामा जिल्ला अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर । सनम शाक्य हत्याकाण्ड र सोही घटनासँग जोडिएको ३८ क्वीन्टल सुन तस्करी मुद्दामा जिल्ला अदालत मोरङले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । जिल्ला अदालतले २८७ पृष्ठको पूर्णपाठ सार्वजनिक गरेको हो ।

गत असोज १९ गते सुन तस्करी मुद्दामा पक्राउ परेका आरोपीहरुलाई अदालतले सफाई दिएको थियो । तर शाक्य हत्या अभियोगमा आठ जनालाई भने अदालतले दोषी ठहर गरेको थियो । आठ जनामध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।


न्यायाधीश भरत लम्सालको इजलासले मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको छ । उप्रेतीले शाक्यको परिवारलाई १३ लाख क्षतिपूर्ति पनि बुझाउनुपर्ने फैसलामा उल्लेख छ ।


प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला अदालतबाट भएको थियो । दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकालेपछि गायब बनाएको आरोपमा गोरेको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाउँदै यातना दिएर मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरेको थियो । ७७ जना प्रतिवादी रहेको मुद्दामा १९ जना अझैसम्म फरार छन् । रातो पाटी । 

Views: