d

नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : केपी  ओली 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्। कपिलवस्तुमा मंगलबार आयोजित सभामा ओलीले भने, ‘नेपालमा बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ । यो कदापि हुँदैन ।’

कपिलवस्तुमा कृषि सिँचाइका लागि नौमुरे योजना छिट्टै सुरु हुने पनि ओलीले बताए। ओलीले एमालेसँग मात्र देश बनाउने नीति भएको दाबी गरे। कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजना रहेको उनले बताए। आफू प्रधानमन्त्री हुँदा कपिलवस्तुमा धेरै बजेट छुट्याएको र आउने दिनहरूमा पनि सहयोग रहने बताए। ‘म ७० वर्षको भएँ, १८ घन्टा काम गर्छु । अब तपाईंहरू पनि पार्टीका काममा लाग्नुस्, अवश्य जित हुन्छ ।’ उनले भने ।

कार्यक्रममा जसापका नेता मंगलप्रसाद गुप्ता एमालेमा प्रवेश गरेका थिए।

Views: