d

राप्रपामा अनलाइनबाट सदस्यता लिन सकिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौ: राष्ट्रिय प्रजातन्त्र पार्टीले अनलाइन मार्फत सदस्यता वितरण शुरु गर्ने बताइएको छ । पछिल्लो समय राप्रपा प्रवेश गर्नेहरुको संख्या ह्वात्तै बढेकोले पार्टी प्रवेशलाई व्यवस्थित गर्न अनलाइन सेवा सुचारू गर्ने योजना बनाइएको हो । 

'राजेन्द्र लिङ्देनले पार्टी नेतृत्व सम्हाल्ने बित्तिकै राप्रपामा प्रवेश गर्नेहरूको लहर चल्न थालेको छ, देशैभर नव प्रवेशीको क्रेज बढ्दै गएपछि अनलाइन दर्ता प्रणालीको बिकास गर्न लागिएको हो।', राप्रपा नेता लक्ष्मी प्रसाद संग्रौलाले पर्दाफास संग भने । 

अनलाइन दर्ता प्रणालीको बिकास संगै मुलुकभरका कार्यकर्ताहरुको सुची र सम्पर्क नं. समेत हुने भएकोले कार्य विभाजन गर्न र समन्वय गर्न सहजता हुने संग्रौला बताउछन् । 

अनलाइन दर्ता प्रणालीको लागि सफ्टवेयरको कार्य भइरहेको र निकट भविष्यमानै  प्रयोगमा ल्याइने संग्रौलाको भनाइ छ ।

Views: