d

एमाले सांसदलाई भट्टराईको व्यंग्य: बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीका तत्कालिन सांसदहरु माधव कुमार नेपाल सहितका नेताहरुलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक नगरेको भन्दै संसद्लाई लगातार अवरोध गर्दै आएको छ। साथै, एमालेले सभामुखको राजीनामा समेत माग गरिरहेको छ।

 

यसप्रति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आक्रोश व्यक्त गरेका छन्। उनले आज ट्विट गर्दै एमालेको कार्यप्रति आक्रोश व्यक्त गरेका हुन्।

भट्टराईले पार्टी फुटेको रीस र केपी ओलीको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौँसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो भन्दै प्रश्न गरेका छन्। यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बाँच्छ भन्दै भट्टराईले आक्रोश व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौँसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो? के यही हो उसको जबज? यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बाँच्छ? बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है!’

 

के बोले बाबुराम ले ?

Views: