d

परिमार्जन नभइ एमसिसी पारित हुदैन: माओबादी प्रवक्ता महरा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय सम्मेलनबारे पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा एमसिसी परिमार्जन नभइ पारित नुहुने उनले बताए । 

file image

‘हाम्रो पार्टीको आधिकारिक धारणा राष्ट्रिय सहमतिको आधारमा एमसिसीको प्रावधान परिमार्जन गर्नुपर्छ भन्ने हो’, महराले भने, ‘यसमा हाम्रो अडान कायमै छ ।’

यस्तै महराले ०७४ देखि संसदीय राजनीतिमा पार्टीले भोगेको समस्याबारे राष्ट्रिय सम्मेलनमा गम्भिर समीक्षा हुने बताए ।

‘०६४ सालमा हामी किन ठूलो दल भयौं ? यसबारे अध्यक्ष प्रचण्डले प्रदेश सम्मेलनमा केही संकेत गर्नुभएको छ’, उनले भने, ‘अहिले किन सानो भयौं ? १० वर्षको अवधिमा हामीमा भएको समस्याबारे गम्भिर समीक्षा गर्छौं ।’ नेपाल वाच

Views: