d

भ्रस्टाचार र लुटतन्त्र अन्त्य गर्न राजेन्द्र लिंङ्देनको उदय भएको हो - संग्रौला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लक्ष्मी प्रसाद संग्रौलाले भ्रस्टाचारको अन्त्य गर्न र देशमा शुशासन कायम गर्न राजेन्द्र लिंङ्देनको उदय भएको बताएका छन् ।  गौरादह नगरपालिका वडा नं. २ स्थित सुकुम्बासी बस्ती (सुर्यकिरण टोल) मा बसोबास गर्ने विपन्न समुदायलाई न्यानों कपडा कम्बल वितरण गर्न आयोजित कार्यक्रममा नेता संग्रौलाले उक्त कुरा बताएका हुन् । 

वर्तमान सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई धारासायी पार्दै देशको अर्थतन्त्र ध्वसत पारेको आरोप लगाए । इतिहासमै नदेखिएको भ्रस्टाचार गणतांत्रिक सरकारमा देखिएको भन्दै लुटतन्त्र अन्त्य गर्न  राप्रपा एकमात्र विकल्प रहेको दावी गरे । 

मार्वल व्यवासायी संघ काठमाण्डौका केंद्रीय अध्यक्ष समेत रहेका नेता संग्रौलाले वर्तमान सरकारले व्यवासायी माथि गरेको दमनको विरुद्द आंदोलनको विकल्प नरहेको जिकिर गरे । 

नेता संग्रौला विगत १५ दिन देखि झापा क्षेत्र न. ५  मा गरिव तथा विपन्न समुदाय रहेका गाउँ गाउँमा पुगेर न्यानों कपड़ा कम्बल वितरण गर्न व्यस्त छन् । 


संग्रौलाकै सौजन्यमा कम्बल वितरण 

सोही कार्यक्रमका विच गौरादह २ स्थित सूर्योदय टोलमा ४२ तथा  वडा न १ को स्थित डिट्ठाचोकका ५५ गरि कुल ९७ विपन्न परिवारलाई न्यानो कपडा कम्बल वितरण गरिएको छ ।  

बिहिवार अपरान्ह दुबै स्थानमा अलग अलग रुपमा  सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अगुवा नेता कार्यकर्ता लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेकोे थियो ।

संग्रौलाको सौजन्यमा झापाको क्षेत्र न ५ विभिन्न स्थानमा हाल सम्म १५०० थान कम्बल वितरण गरिएको छ । 
 

 

Views: