d

टीभी स्क्रिनमा चाटेरै खानेकुराको स्वाद चाख्न सकिने ! (भिडियाेसहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एजेन्सी । जापानमा एक अनौठो टीभी आविष्कार भएको छ । त्यहाँका एक प्राध्यापकले निर्माण आविष्कार गरेको टीभीको स्क्रिन चाट्न मिल्ने खालको छ । स्क्रीनको प्रोटोटाइपले त्यस स्क्रिनमा देखिएका खानेकुराको स्वाद थाहा दिने कुरा समाचारसंस्था रोयटर्सले जनाएको छ ।

समाचारहरुमा जनाइएका अनुसार टेस्ट–द–टीभी नाम दिइएको उक्त नयाँ उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने ‘स्वच्छ झिल्ली’ मा स्वाद छर्किन्छन् । टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको खानेकुरा स्वाद चाख्न सक्छन् ।

उक्त टिभी हाललाई परीक्षणमै रहेको छ । निकट भविष्यमै बजारमा ल्याउनेगरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर अर्थात् १ लाख नेपाली रुपैयाँभन्दा बढी पर्न जाने बताइएको छ । जापानको मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताले यस्तो आविष्कार गरेका हुन् । उनका अनुसार यो आविष्कार प्रयोग गरेर पाकशास्त्री र मदिराको स्वाद जाँचकीहरुलाई प्रशिक्षण दिन सकिनेछ ।

उनले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘मानिसहरु घरमै बसेको बेलामा पनि बाहिरी संसारमा भएको कुनै रेस्टुराँमा खाएको अनुभव प्रदान गर्न सम्भव बनाउने उद्देश्यले यो आविष्कार गरिएको हो ।’

उनले स्क्रिनमै चाख्न सकिने मात्र हैन, उक्त स्वाद डाउनलोड गर्न सकिने प्रविधियुक्त विश्वको परिकल्पना समेत गरेका छन् । कोभिड– १९ महामारी फैलिएको बेला यस्तो प्रविधिले मानिसहरूलाई बाह्य संसारसँग सम्पर्कमा राख्ने शैलीलाई बलियो बनाउन सक्ने उनको विचार छ ।
न्यूज़ 24 । 

इमेज; द न्यू इंडियन एक्स्प्रेश 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस twitter.com/i/status/1473966613221163008

Views: