d

प्रेस चौतारी झापा अध्यक्ष मनकुमार गदाल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रेस चौतारी नेपाल झापाको ९ औँ जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।

गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा भएको अधिवेशनले मनकुमार गदालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको  उपाध्यक्षमा प्रदिप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र तिलम योञ्नन र कोषाध्यक्षमा सरोज चौलागाई सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा भुमिराज पराजुली, राजु पोख्रेल, मिना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जिवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, इन्द्रदेव राई, अनिल वाग्ले, युवराज आचार्य, पुष्कर गुँरागाई, नन्दलाल खतिवडा, खगेन्द्र घिमिरे, तिलक योन्जन लगायत रहेका छन् । अधिबेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत,पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए sajhamanchbata

Views: