d

श्री एयरलाइन्सले थप्याे जहाज

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । श्री एयरलाइन्सले क्यू ४०० ड्यास ८ जहाज थपेको छ । कम्पनीले आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यका लागि उपयुक्त क्यू ४०० ड्यास ८ जहाज थपेकाे हाे । कम्पनीसँग यस्ताे जहाज यसअघि एउटा थियाे ।

योसँगै एयरलाइन्सकाे आन्तरिक  उडान गर्ने जहाजकाे संख्या ८ पुर्‍याएको छ।


थप जहाज ल्याएसँगै श्रीले सुर्खेत र तुम्लिङटारमा उडान गर्ने योजना बनाएको छ ।


कम्पनीले माउन्टेन उडानसहित धनगढी, नेपागञ्ज, भैरहवा, भद्रपुर, विराटनगर, पोखरा, जनकपुर, सिमरा र राजविराजमा उडान गर्दै आएको छ ।

Views: