d

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइटको तयारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्दै मन्त्री आलेले बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देशन दिनुहुँदै यही फागुन ९ गते क्यालिब्रेसन फ्लाइट हुने बताए।  


छिटो भन्दा छिटो अन्तर्राष्ट्रिय उडान हुने बताउदै मन्त्री आलेले आउने बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान ल्याउने तयारी भइरहेको बताए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले आयोजनाको भौतिक प्रगति, उपकरण जडानका सम्पूर्ण काम सकिएको बताउँदै ह्याण्ड ओभर गर्ने तयारी भएको बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले ९८ प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको बताउदै एरोथाइका प्राविधिकहरूले विमानस्थलमा क्यालिब्रेशन फ्लाइटको तयारी गरिरहेको बताए ।

मन्त्री आलेसँगै मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशकको टोली स्थलगत अनुगमनमा पुगेको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फर्निचर र फर्निसिङका केही काम मात्रै बाँकी छन् ।

Views: